Skip to content

सिन्धुलीको गोलन्जोर बारामा बस दुर्घटना २५ घाइते

सिन्धुलीको गोलन्जोर बारामा बस दुर्घटना २५ घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको गोलन्जोर वडा नं-७ तल्लो बारा भन्ने स्थानमा बिहीबार अपराह्न बस दुर्घटनामा भएको छ।
आईएमई बैंकका कर्मचारी चढेको बागमति प्रदेश ०१०-०१-१७३२ नम्बरको बस महोत्तरीको बर्दिबासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

बस सडकबाट करिब २५ मिटर तल खसेको थियो ।घुमाउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्

घटनाबारे अनुसन्धान भैरहेको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले बताएका छन्

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts