मेरो पत्र Logo

हरिहरपुरगढीमा सहकार्यमा सकारात्मक सोच,क्षमता विकास र आर्थिक व्यवस्थापन सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा सहकार्यमा सकारात्मक सोच,क्षमता विकास र आर्थिक व्यवस्थापन सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न
adad

हरिहरपुरगढी,चैत्र १९:सिन्धुलीको हरिहरपुरगढीमा सहकार्यमा सकारात्मक सोच,क्षमता विकास र आर्थिक व्यवस्थापन सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सन्चालन सम्पन्न भएको छ। चैत्र १८ र १९ गते दुइ दिन गाउँपालिका सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरुको लागी सकारात्मक सोच,क्षमता विकास र आर्थिक व्यवस्थापन सम्वन्धि २ दिने कार्यशाला गोष्ठी भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखागत कर्मचारी ,वडा सचिव र स्वास्थ्य संस्थाका ईन्चार्जहरुको उपस्थिति रहेको थियो। साथै प्रशिक्षकको रुपमा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख आयुक्त कृष्ण हरि बास्कोटा, नेपाल सरकारका पुर्व सह सचिव केदार जंग रायमाझी, मोटीभेसनल स्पीकर श्री बिके रमन भट्टराईको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्: