Skip to content

नवौं बागमती गोल्डकप मंसिर ८ देखि, विजेताले १० लाख उपबिजेताले ५ लाख पाउने

नवौं बागमती गोल्डकप मंसिर ८ देखि, विजेताले १० लाख उपबिजेताले ५ लाख पाउने
प्रकाशित:
शब्दको आकार

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने नवौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता मंसिर १७ गतेसम्म बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा सञ्चालन हुनेछ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस वर्ष १० टोलीबीच प्रतिस्पर्धा हुने जनाएको छ। खेलकुद विकास समिति अध्यक्ष तथा प्रतियोगिता संयोजक रहर सिं थिङका अनुसार प्रतियोगितामा ए डिभिजनका ६ र मोफसलका ४ टोली सहभागी हुनेछन्।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले स्थानीयस्तरमा फुटबल खेलको विकास गर्दै प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए। उनले फुटबलको व्यावसायिक विकास र ग्रासरुट तहबाटै खेलाडी उत्पादन गर्न गाउँपालिकाले आफ्नै लगानीमा फुटबल एकेडेमी सञ्चालन गर्नुका साथै रंगशालामा व्यवस्थित प्याराफिट निर्माण गरेको जानकारी दिए।

गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट पाँच खेलाडीले जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा फुटबल प्रशिक्षक मेघराज केसी, पत्रकार प्रताप विष्ट, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको उपस्थिति रहेको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts