बकैया-९, च्याउच्याउ दमार, असार २० गते — श्री बाघ भैरव माध्यमिक विद्यालयको ४१ औँ वार्षिक अभिभावक भेला तथा २०८१ सालको SEE परीक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, आगमी शैक्षिक सत्रमा सिकाइ उपलब्धि वृद्धि गर्ने र विद्यार्थीलाई […]
हरिहरपुरगढी गाउँपालिकामा आज एक विशेष कार्यक्रमका बीच उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरू र विद्यार्थीहरूलाई सम्मान गरिएको हो। कार्यक्रम गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता र प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत […]
मकवानपुर: मकवानपुर बकैया गाउँपालिका-७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ। विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ । विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई […]
सिन्धुली: हरिहरपुरगढी गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीमध्ये सबैभन्दा धेरै उत्तीर्णको संख्या महेन्द्रझ्याडी माविबाट देखिएको छ। ३५ जना परीक्षार्थीमध्ये २८ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ७१.७५% नतिजा हो। गाउँपालिकाभरिका आठवटा विद्यालयबाट जम्मा २६७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, जसमध्ये मात्र ७८ जना उत्तीर्ण भएका छन्। समग्रमा गाउँपालिकाको […]
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडिङ प्रणालीअनुसार ग्रेड प्राप्त गरेका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ४८ […]
हरिहरपुरगढी, असार ४ – हरिहरपुरगढी स्थानीय शिक्षक समाजले गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि १३ बुँदे शैक्षिक योजना पेश गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ। समाजले आगामी आर्थिक वर्ष २०८२/८३ मा यी योजनाहरूलाई समावेश गर्दै कार्यान्वयन गर्न आग्रह गर्दै आज हरिहरपुरगढी गाउँपालिका शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनीलाई अनुरोध पत्र पेश गरिएको हो । शिक्षक समाजले विद्यालयमा […]
सिन्धुली — हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा रहेको कर्मीडाडा माध्यमिक विद्यालयले अन्तर सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो। कार्यक्रमको संयोजक शिक्षक डिल बहादुर घलान रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक दिलमान घलानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न […]
सिन्धुली, हरिहरपुरगढी — हरिहरपुरगढी स्थानीय शिक्षक समाज, सिन्धुलीको प्रथम अधिवेशन तथा साधारण सभा गाउँपालिका हलमा सम्पन्न भएको छ। अधिवेशनबाट नीर बहादुर मोक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। विधान अनुसार संस्था दर्ता भएको तीन महिनाभित्र तदर्थ समिति विघटन गरी नयाँ कार्यसमिति गठन गर्नु पर्ने प्रावधान अनुरूप अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। गठित […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित मिलनचोक सामुदायिक वालविकास सिकाई केन्द्रलाई ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुहुने जग्गादाता पञ्चलाल योन्जनलाई सम्मानपत्र,मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । मंगलबार पालिकाको सभाहलमा एक कार्यक्रम बीच पालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष चेखबहादुर थिङको आतिथ्यता ,वडा नम्बर ५ का वडा अध्यक्ष साईला लामाको […]
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि अनुसन्धान थालेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकी लगायतको टोली चाणक्य कलेज शंखधर चोक मध्यपुर थिमि पुगेर सोधपुछ गर्न लागेको हो। घटनाको तथ्य भने अनुसन्धानपछि मात्रै […]
सिन्धुली । आजबाट सुरु भएको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो दिनको परीक्षामा सिन्धुली जिल्लाबाट७९ जना विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो दिन साधारण धार तर्फ ४५, प्राविधिक धारतर्फ १ जना छात्रा र ग्रेड वृद्धितर्फ ३३ गरी ७९ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख मोहन सुनुवारले जानकारी दिए […]
मकवानपुर: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएको छ । आज बिहीवार परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन भएको छ । परीक्षा तालिकानुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको छ । मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता मावि परिक्षा केन्द्रमा ४ माविका साधारणतर्फ […]
आज देखि सुरु हुने एसईई परीक्षामा मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षा दिँदैछन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुविद […]
सिन्धुलीको हरिरहपुरगढी गाउँपालिकामा आज दुई आधारभुत बिद्यालयको शिलान्यास भएको छ । हरिरहपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ जितपुरडाँडाँ स्थित जिवनज्योती आधारभुत विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । संघिय सरकारबाट हस्तान्तरित (विशेष अनुदान ) र हरिहरपुरगढी गाउँपालिकाद्धारा उक्त विद्यालय भवनको निर्माण हुन लागेको हो । भवनको भ्याट सहित ९३ लाख ७८ हजार […]
बकैया: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४, थलिस्थित बाघभैरव आधारभूत विद्यालय सार्वजनिक विदामा पनि खुलेको छ। बुधबार शिवरात्रीको अवसरमा सार्वजनिक विदा भएपनी विद्यालय खुलाएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक सिगबहादुर सुनारका अनुसार वार्षिक परिक्षालाई मध्यनजर गर्दै विद्यालय खुल्ला गरिएको हो । यहि फाल्गुन १६ गते ग्याल्बो ल्होछार र १७ गते शनिबारसहित लगातार ३ दिन सार्वजनिक […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित कुशेश्वर आधारभुत विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एक समारोहका बिच विद्यालयको चार कोठे भवनको शिलान्यास गर्नुभएको हो । उहाँले विद्यार्थीलाई राम्रो सभ्यता सिकाउने जिम्मेवारी विद्यालय व्यवस्थापन र शिक्षकको भएको बताउनुभएको छ । प्रधानाध्यापक र शिक्षकले विद्यार्थीलाई सभ्यता सिकाउन नसके त्यसले विद्यार्थीको […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार कोठे पक्की भवनको शिलान्यास भएको छ। भवनको शिलान्याश पालिका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो ।संघिय सरकारको शिषेश अनुदान तथा गाउँपालिकाद्धारा निर्मित भवनको वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा एक समारोहको […]
बागमतीः बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सूर्य माविलाई अक्षय कोष स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । शुक्रबार विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवम् शिक्षक प्रमोद राईले अक्षयकोषका लागि १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो । कार्यक्रमका बीच राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई र प्रधानाध्यापक दिल […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ स्थित मावि कर्मिडाँडा चिसापानीको ४६औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको उपस्थितिमा विद्यालयको ४६औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य श्रेष्ठले शिक्षाले ज्ञान, सीप र संस्कृति दिनसक्नुपर्ने भए पनि यस्ता किसिमको शिक्षा […]
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा शिक्षकहरुका लागि सिर्जनात्मक कला (संगीत) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । आइतबारबाट बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तालिम केन्द्र धुलिखेलको संयुक्त आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा तालिम सुरु भएको हो । आइतबारबाट सुरु भएको तालिममा आधारभुत तह (कक्षा ४ देखि ८) का ३० जना शिक्षकहरु […]
१० मंसिर २०८१ सोमबार /बागमति गाउँपालिका वडा नम्बर ८ शान्तिपुर स्थित जनता माध्यमिक विद्यालयको सामाजिक परीक्षण भेला सम्पन्न भएको छ ।कार्यक्रममा प्रधानाध्यापक दिनेश माझी बहादुरले विद्यालयको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शिर्षकबाट भएको आम्दानी र खर्च बराबरको ५ करोड ५० लाख ५५ हजार ७ सय ६१ रुपैयाँ २७ […]
संघिय सरकार बिशेष अनुदान अन्तर्गत सिन्धुली हरिहरपुरगढी गाउँपालिका द्बारा वडा नं. ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न पछि आज उद्घाटन गरिएको छ । सिन्धुली क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल “राजन” तथा पालिका प्रमुख बज्रध्वज वाईबा समुपस्थतिमा बिद्यालय भवन उद्घाटन भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा सांसद दाहालले प्राथमिक शिक्षा […]
नेपालमा संघिय गणतान्त्रिक पद्धतिले गर्दा थुप्रै खालको अधिकारलाई राज्य पुनरसंरचना मार्फत स्थानिय तह स्थापित भएको सबैलाई सर्वविदितै छ ता की नेपालको संविधानले पनि शिक्षा सम्बन्धी अधिकार स्थानीय तहलाई जिम्मेवारी दिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रष्टै उल्लेखित छ की शिक्षाको अधिकार स्थानीय तहलाई भनेर २३ वटा बुँदामा लेखिएको छ नेपालको सामुदायिक विद्यालयहरूको […]
आजकाल नेपालका सामुदायिक विद्यालयका शिक्षा सुकेर चुम्रेको वस्तु जस्तै भयो ।मेरो विद्यालयमा आफू अध्ययन गरेको समय र शिक्षण कार्यकालको १८ वर्षको अनुभवबाट के कुरा बुझ्दै छु कि,मानिसको आयु अर्थात अवस्था सङ्गै शिक्षा नि वुढाे यसो लेख लेख्दै गर्दा मलाई नि होइनन् हो जस्तो लाग्छ तर यसको तात्पर्य के हो भने, हाम्रो सामुदायिक विद्यालय नसुध्रीनुको मुख्य कारण […]
वालवालिकामा लगानी,सुनिश्चित भविष्यकाे थालनी “भन्ने नाराका साथ ६०ओेैं राष्ट्रिय वालदिवस सिन्धुलीको हरिहरपुरगढीमा पनि मनाइयो।हरिहरपुरगढी गाउँपालिकाको सभा हलमा “शैक्षिक गुणस्तर अभिवृध्दिमा स्थानिय सरकारकाे भूमिका” नामक शीर्षकमा पालिका स्तरिय अन्तर माध्यमिक बिधालय बकतृत्वकला प्रतियाेगिता पनि सम्पन्न भएको छ।कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि पालिका अध्यक्ष बज्रध्वज वाइबाले बालबालिकाको हक अधिकारको पक्षमा सदैब चनाखो तथा बालमैत्री पालिकाको पक्षमा रहेको र […]
सिड्स नेपाल सिन्धुलीले कोपिला परियोजनाको बारेमा जानकारी दिन हरिहरपुरगढी गाउँपालिका -२ चैनपुरको को जनप्रभात आधारभूत बिद्यालयमा परिचयात्मक कार्यक्रम गरेको छ। चाइल्डएड नेटवर्कको आर्थिक सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा कोपिला परियोजना बारे जानकारी दिन कार्यक्रम गरेको हो। कार्यक्रममा परियोजनाका संयोजक सन्तोष थापाले हरिहरपुरगढी गाउँपालिकाको १० वटा बिद्यालयमा परियोजना संचालन हुने र इसिडी कक्षाको सुधारको लागि […]
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको नमुना इङ्गलिस आवासीय विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षा पनि प्रदान गर्दै आइरहेको छ। गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा चन्द्रपुर नगरपालिकामा सर्वोत्कृष्ट हुन सफल विद्यालयले प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानहरु सिकाइरहेको विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले बताउनुभयो । उहाँले विद्यालयले अन्य दिन पनि विद्यार्थीहरूलाई शैक्षिक क्रियाकलापसँगै […]