Mero Logo

मरिण गाउँपालिकाको वडा नं.२ रातमाटामा उन्नत जातको बाख्राको पाठी वितरण

सिन्धुली ,जेठ १७:मरिण गाउँपालिकाले वडा नं.२ रातमाटामा उन्नत जातको बाख्राको पाठी वितरण गरेको छ। गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पालिकाले गाउँपालिका वडा नं.२ रातमाटामा ९ जना उद्यमीहरुलाई २/२ वटा उन्नत जातको बाख्राको पाठी बितरण गरेको हो

मरिण गाउँपालिका गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमल बहादुर आले मगर ,गाउँपालिकाका उपाध्यक्ष श्री विमला माझी प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले किसानहरुलाई उन्नत जातको बाख्राको पाठी वितरण गर्नुभएको थियो।

प्रतिक्रिया