back to top

मकवानपुर एमालेको १२ औं जिल्ला अधिवेशन सुरु

Advertisementspot_img
spot_img

हेटौंडाः,जेठ १८ : नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन हेटौडामा सुरु भएको छ।
अधिवेशन भोलि शनिबारसम्म चल्ने तथा नया नेतृत्व पाउने छ । अधिवेशनमा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागिता रहेका छन् । मकवानपुर जिल्लामा नेकपा एमालेका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । १० वटा पालिकाको १०२ वटा वडा, मजदुर, पेशागत जनसंगठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्समेतबाट छानिएर आएका कुल ७६९ प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाएका छन् । अधिवेशनको बन्द सत्रबाट भावी नेतृत्वसमेत चयन हुनेछन् । अधिवेशनबाट ३ वर्षका लागि १ सय ५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ । नेकपा एमाले मकवानपुरको अध्यक्षमा रघुनाथ खुलाल, लालबहादुर थापा, इन्द्रमान स्याङ्तान आकांक्षी रहेका छन् ।


उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको राष्ट्रिय राजनितिलाई दिशा दिन हरेक नेता कार्यकर्ता उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । वहाले हरेक नेता कार्यकर्ता जिम्मेवार भएमा मुलुकलाई सही ढङ्गबाट अगाडी बढाउन सकिने उहाँको भनाई छ । अहिले मुलुकको राष्ट्रिय राजनिति अत्यन्तै तरल र अस्थिर भएको उहाँले बताउनुभयो । राष्ट्रिय राजनितिमा नेकपा एमाले नेतृत्व रहँदा जनतामा सदैव आशा जगाएको र भरोसा पैदा गरेको उहाँको भनाई छ । उहाँले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भइसकेपछि मुलुकमा हरेक क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।

DSC06064

देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा नेकपा एमाले सबैभन्दा अघि रहेको उहाँले बताउनुभयो । यसमाथि सबैले भरोसा गर्न सकिने उहाँले बताउनुभयो । नेकपा एमाले नेतृत्वबाट बाहिरिएमा देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्न कमजोर हुने उहाँले बतानउनुभयो । नेकपा एमाले जनताले चाहेको जस्तो बलियो र नेतृत्वकारी शक्तिको रुपमा स्थापित हुन नसकिरहेको भन्दै उहाँले सबैले आत्मसमिक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले मुलुकको राजनितिमा देखिएको अस्थिरताको कारण चुनावको वेला नेता कार्यकर्ता निक्रिय हुनु भएको बताउनुभयो । एमाले जनताको पहिलो रोजाईको पार्टी हुँदाहुँदै राष्ट्रिय राजनितिलाई नेतृत्व दिने हैसियतमा संसदभित्र उपस्थित हुन नसकेको उहाँको भनाई छ । गत निर्वाचनमा ६ लाख भोट वृद्धि गर्ने लक्ष्य गरेपनि त्यसको उल्टो ६ लाख भोट घटेको भन्दै यसको कारणको जिम्मेवार सबै हुनुपर्ने र समिक्षा गर्नुपर्ने बताउनुभयो । अधिवेशनमा आगामी कामको योजना बनाउने सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो । अधिवेशनको वेला पदमा बस्न होडबाजी हुने र अधिवेशनबाट काम गर्ने कुरामा विश्लेषण गर्दा थोरै मात्र काम जुट्ने गरेको पाइएको उहाँको भनाई छ ।

यसैगरी प्रतिनिधि सभाका सदस्य एबम नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले मुलुकको राजनिति ठिक ढंगबाट नगइरहेको बताउनुभयो । देशका समस्याका बारेमा छलफल गर्नुपर्ने संसद चल्न नसकिरहेको उहाँले बताउनुभयो । उहाँले यसअघि पार्टी विरुद्ध विभिन्न घेराबन्दी र विभिन्न षडयन्त्रहरु लागेका कारण सिट संख्यामा एमाले केही तल परेको उहाँको भनाई छ ।

अधिबेशनको उद्घाटन समारोहमा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको थियो अधिवेशनमा पार्टी स्थायी कमिटीका सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, जुनेली श्रेष्ठ र पार्टी केन्द्रीय सल्लाहकार डोरमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

spot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
spot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img