Skip to content

हरिहरपुरगढीको सडक निर्माणमा बजेट व्यवस्थापन गर्न पहल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

हरिहरपुरगढीको सडक निर्माणमा बजेट व्यवस्थापन गर्न पहल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता
प्रकाशित:
शब्दको आकार

बागमति प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले ऐतिहासिक हरिहरपुरगढी किल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक पूर्वाधार आवश्यक रहेको बताएका छन्। हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले बुझाएको मागपत्र ग्रहण गर्दै उनले गुर्जी–हरिहरपुरगढी किल्ला हुँदै जितपुरगढीसम्म सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

अध्यक्ष वाईबासहितको टोलीले हेटौँडा पुगेर मुख्यमन्त्री किरण थापा मगर र मन्त्री पौडेललाई भेटी उक्त सडक निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरेको थियो। गाउँपालिकाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको हरिहरपुरगढी र जितपुरगढी क्षेत्रलाई सडक सञ्जालसँग जोड्दा पर्यटन प्रवर्द्धनसँगै स्थानीय बस्ती र कृषि क्षेत्रको पहुँच विस्तार हुने जनाएको छ।

गाउँपालिकाले सडक योजनालाई बहुवर्षीय आयोजनाका रूपमा समावेश गरी आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts