Skip to content

भजनशिरोमणि भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन

भजनशिरोमणि भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन
प्रकाशित:
शब्दको आकार

भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको आज सोमबार निधन भएको छ ।उनको ८२ वर्षको उमेरमा निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको थियो।

अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको हो । दसैंको बेला घरमै लडेपछि आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर सोमबार एक्कासि अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको हो । समयमै अस्पताल पुर्‍याए पनि चिकित्सकले 'ब्रट डेड' घोषणा गरेको छ ।

२०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको बोल्न नसक्ने अबस्थामा पुगेका थिए । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।

आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम भएको छ । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts