Skip to content

सिन्धुलीमा बेवारीसे अवस्थामा भरुवा बन्दुक र बारुद जस्तो पदार्थ बरामद

सिन्धुलीमा बेवारीसे अवस्थामा भरुवा बन्दुक र बारुद जस्तो पदार्थ बरामद
प्रकाशित:
शब्दको आकार

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ हत्पते डाँडामा वेवारीशे अवस्थामा लुकाएर राखिएको भरुवा बन्दुक फेला परेको छ।

इलाका प्रहरी कार्यालय डकाहालाई प्राप्त विशेष सूचनाका आधारमा प्रहरी टोली आज साँझ ५ बजे घटनास्थलतर्फ खटिएको थियो। खोजीका क्रममा मधुगंगा मन्दिरतर्फ जाने बाटोदेखि करिब १५० मिटर पूर्वतर्फ रहेको ओडारमा प्लास्टिकमा बेरिएको अवस्थामा भरुवा बन्दुक १ थान र बारुद जस्तो देखिने करिब ५०० ग्राम वस्तु फेला परेको प्रहरी स्रोतले जनाएको छ।

फेला परेका सामग्रीहरू हाल इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखिएको छ। प्रहरीले उक्त बन्दुक र बारुदको स्रोत, प्रयोगको उद्देश्य तथा संलग्न व्यक्तिहरु पहिचान गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीय सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने स्थानमा यस प्रकारको हतियार भेटिनु चिन्ताको विषय भएको जनाइएको छ। प्रहरीले नागरिकलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts