Mero Logo

बाराको निजगढमा विस्फोटक पदार्थ पड्किदा १ को मृत्यु ५ जना घाइते

बाराको निजगढमा विस्फोटक पदार्थ ५ जना घाइते र १ जनाको मृत्यु भएको छ। बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको हो ।


मृत्यु हुनेमा निजगढ–५ का ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा ५ जना घाइते भएका छन् ,घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह रहेका छन ।अहिले नेपालि सेना र नेपाल प्रहरी घटना स्थलमा अनुसन्धान गरिरहेका छन।

प्रतिक्रिया

ताजा अपडेट