Skip to content

सिन्धुलीको हरिहरपुरगढीमा स्वास्थ्यकर्मी पहिरोमा पुरिए समयमै उद्धार ,अबस्था सामान्य

सिन्धुलीको हरिहरपुरगढीमा स्वास्थ्यकर्मी पहिरोमा पुरिए समयमै उद्धार ,अबस्था सामान्य
प्रकाशित:
शब्दको आकार

झनझने : हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा बिहान ५ बजेदेखी बागमती खोलामा भीषण बाढी आउने चेतावनी भएकाले खोला आसपासका बस्तीहरुलाई स्थानतरण गर्न निरन्तर खटिनु हुँदै थियो। आज नै जनताको सेवामा गाउँपालिका अन्तर्गतको महेन्द्रझ्याडी स्वास्थ्य चौकीको हाकपारा खोप केन्द्रमा खोपको दिन भएकाले सो कार्यको लागि खटिनु भएका स्वास्थकर्मीद्वय विमाया घलान''बिनिशा'' र राजकुमारी राई खोप लिएर आउँदै गर्दा मदन भण्डारी राजमार्गको हाकपारा भिरमा एक्कासी पहिरोमा पुरिनुभयो। सोही समयमा नेपाल टेलिकममा नेटवर्कको समस्या थियो।

हरिहरपुरगढी गाउँपालिका-३ साडेँमा बस्ती उद्दारमा खटिएको कृषि उपशाखा प्रमुख प्रवेश देबकोटालाई रुँदै एउटा फोन आयो, "भाई हाकपारा भिरमा पहिरोमा परें र दिदिलाई बगायो,हराउनुभयो।", झट्टै पालिका अध्यक्ष वाईबा र योजना शाखा प्रमुख राजु उप्रेती सहितको टोलि वडा नं.४ हाकपारा भिरमा पुग्दा चिच्याहट सुनिएको स्थानमा पहिरोको बिना प्रवाह नगर प्रहरी इन्चार्ज नुन्द राई,प्रहरी बिष्णु राई,सन्त तामाङ भोलन पुगेर उद्धार गरिएको थियो। रुँदै विमाया घलानले पालिका अध्यक्ष सामु भनिन "आज अर्को जन्म पायौं!"

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts