मेरो पत्र Logo

भारतीय चर्चित गजल गायक पंकज उदासको निधन

Mero Patra
मेरो पत्र
ad
भारतीय चर्चित गजल गायक पंकज उदासको निधन
adad

चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ । उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छिन् । आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई हैलगायतका उनका थुप्रै गजल चर्चित छन् ।

गायक उदास विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिट्ठी आई है’ बाट निकै चर्चा पाएका थिए ।
पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो । उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीतको निकै मन थियो । यही कारण पंकज उदास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो । उनका दुवै दाजु मनहर र निर्जल उधास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।

सेयर गर्नुहोस्: