Skip to content

हेटौडा बसपार्कको होटलमा एक युवतीको हत्या

हेटौडा बसपार्कको होटलमा एक युवतीको हत्या
Dead body with an blank tag. Coronavirus victim.
प्रकाशित:
शब्दको आकार

मकवानपुरको हेटौंडा १० बसपार्कमा रहेको होटल रत्नामा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। मृतक हेटौंडा ११ थानाभर्याङ्गकी अन्दाजी २३ वर्षीकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


आइतबार राती युवती र एक पुरुषसंग होटलको कोठा नम्बर २०५ बसेको र बिहान अबेरसम्म नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालक, जनप्रतिनिधि सहितले झ्यालबाट हेर्दा युवति ओछ्यानमा मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले बताए । कोठा भित्रबाट लक गरेको अवस्थामा रहेको कोठाभित्र युबतिको लाश फेला परेको थियो। होटलमा युवतिसंगै रहेको पुरुष आइतबार रातिनै निस्किएको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ। युबतिको शव परिवारले शनाखत गरेको र पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts