मकवानपुर, असोज १ । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ माझगाउँस्थित खेस्रेखोलाका एक युवक बागमती खोलाले बगाएको छ।
स्थानीय गुञ्जमान घलान र उनका छोरा सोम बहादुर घलान माछा मार्न खोलातर्फ गएका बेला सोम बहादुरलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक कमल प्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटिएको छ। हाल स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बेपत्ता युवकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।




