Skip to content

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिइन

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिइन
प्रकाशित:
शब्दको आकार

पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीले आज शीतल निवासमा प्रधानमन्त्रीको हैसियतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाउनुभएको हो।

यसअघि शीतल निवासमै बसेको सर्वपक्षीय छलफलले कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटाएपछि राष्ट्रपति पौडेलले औपचारिक रूपमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो।

शपथपछि कार्की गृह मन्त्रालयको नयाँ भवनमा गई पदभार ग्रहण गर्ने कार्यक्रम छ। त्यसपश्चात् उनी शीतल निवासमै फर्की मन्त्रिपरिषद्को पहिलो बैठक बोलाउने तय गरिएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts