मेरो पत्र Logo

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

Mero Patra
मेरो पत्र
ad
आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो
adad

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको निगम
निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै जनाएको छ। विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागु हुनेछ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् कायम गरिएको छ ।नया मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ तथा डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टितेलको १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको १६९ रुपैयाँ ५० पैसा र १५७ रुपैयाँ ५० पैसा डिजेल तथा मट्टितेलको मूल्य कायम भएको छ ।

सेयर गर्नुहोस्: