Skip to content

बागमतीमा प्रदेश सांसद प्रेम पुलामीद्वारा दुईवटा पुलकाे शिलान्यास

बागमतीमा प्रदेश सांसद प्रेम पुलामीद्वारा दुईवटा पुलकाे शिलान्यास
प्रकाशित:
शब्दको आकार

मकवानपुर , बागमती गाउँपालिकाको वडा नम्बर ५ मा रहेकाे लितिखोला र भाेर्लेनी देखि सिन्धुली जाेड्ने बागमती खाेलामा निर्माण हुने पुलकाे शिलान्यास गरिएको छ। पुल शिलान्यास बागमती प्रदेश मकवानपुर १ `क´ को माननीय सभासद प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको उपस्थितिमा भएको हाे ।

त्यसैगरी काभ्रेकाे खानिखोला जोड्ने जनमुक्ति मार्ग अन्तर्गत बगेरी र लिलावन जोड्ने लितिखोलामा पक्की पुल बन्ने भएको छ । पुलको बिधिगत शिलान्यास पश्चात् प्रमुख अतिथी र बिशेष अतिथी प्रेम बहादुर पुलामी र सर्केश घलानले समयमा काम सम्पन्न गराउन टेन्डर पर्ने ठेकदारको प्रतिनिधिलाई सुझाव समेत दिनुभयो ।

टेन्डर तान्डव सरस्वती जेवि हेटौंडालाई परेको थियो । आर्थिक वर्ष ०८०/८१ मा बागमती प्रदेश योजना तथा भौतिक पुर्वाधार मन्त्रालय बाट विनियोजित बजेट कुल लागत २ करोड ९८ लाख थियो भने टेन्डरवालाले २ करोड १२ लाखमा कार्य सम्पन्न गर्न लागिएको हो । पुलको चौडाइ ८ मिटर, लम्बाई २५ मिटरको पक्की पुल बन्ने भएको छ ।
यसै गरि आजै मकवानपुर बागमती गाउँपालिका -५ भोर्लेनी र सिन्धुली हरिहरपुरगढी गाउँपालिका -१ चिसापानी जोड्ने १९४.२० मिटरको सस्पेन्सन ट्राईल बृज बन्ने पक्का भएको छ । उक्त ट्राईल बृज रामेछापको दावा कन्ट्रक्सनलाई टेन्डर परेर काम समेत शुरूवात गरिसकेको छ । बागमती प्रदेश सभासद प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलान र हरिहरपुरगढी गाउँपालिका -१ का पुर्व वडा अध्यक्ष कार्साङ घलानको सयुक्त उपस्थितिमा सस्पेन्सन ट्राईल बृजको बिधिगत रुपमा शिलान्यास गरिएको छ ।

शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य राख्दै हरिहरपुरगढी गाउँपालिका -१ का पुर्व वडा अध्यक्ष कार्साङ घलानले यो पुल ल्याउनको लागि आफू लगाएत बागमती प्रदेश संसाद प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले निक्कै संघर्ष गर्नुपरेको बताउनुभयो । साथै निर्माण कम्पनिलाई गुणस्तरीय कार्य गर्न र समयमा नै निर्माण सम्पन्न गर्न सुझाव समेत दिनुभयो ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभासद प्रेम बहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका प्रशासकीय प्रमुख झम्क नारायण घलान, नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परिषद सदस्य ज्ञान सागर भोलन, बागमती -३ का वडा अध्यक्ष कमान सिङ पाख्रीन, बागमती – ५ का वडा अध्यक्ष बिजय भोलन, नेकपा माओवादी केन्द्रको गाउँकमिटी अध्यक्ष अरुण बल, वाइसीएल जिल्ला सचिव वीर बहादुर थिङ, पुर्व वडा अध्यक्ष बुद्धिमान माझी, रहर सिङ थिङ लगाएतको उपस्थिति रहेको थियाे ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts