Skip to content

हरिहरपुरगढी क्लबको प्रथम साधारण सभा सम्पन्न:

हरिहरपुरगढी क्लबको प्रथम साधारण सभा सम्पन्न:
प्रकाशित:
शब्दको आकार

झनझने ,सिन्धुली:हरिहरपुरगढी क्लबको प्रथम ऐतिहासिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले यसअघिको संस्थापक समितिलाई विघटन गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता कमल कुमार राई प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। त्यसैगरी, वडा नं. २ का वडा अध्यक्ष विश्व राई, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई तथा कार्यपालिका सदस्य सन्तली राई लगायतका व्यक्तित्वहरूको विशिष्ट आतिथ्यता रहेको थियो।

दुई सत्रमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो सत्र क्लबका संस्थापक अध्यक्ष सन्त बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो सत्रको कार्यक्रम क्लबको विधान अनुसार ज्येष्ठ नागरिक तथा गाउँ कार्यपालिका सदस्य सन्तली राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

नयाँ कार्यसमिति चयनका लागि समाजसेवी भुवन राई संयोजक तथा शिक्षक रुद्र राई र पाउल राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। उक्त निर्वाचन समितिले चुनावी प्रक्रिया सम्पन्न गर्दै पुन: सन्त बहादुर राईकै अध्यक्षतामा ९ सदस्यीय मूल कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र जंग राई, सचिवमा नारायण राई र कोषाध्यक्षमा सम्झना कुमारी राई चयन हुनुभएको छ। त्यसैगरी कार्यसमितिका सदस्यहरूमा इन्द्र बहादुर सिन्चुरी, अनिता माया तितुङ, सुक बहादुर घलान, दुर्गा बहादुर ठाडामगर र कालीदेवी राई निर्वाचित हुनुभएको छ।

यसैगरी साधारण सभाले वीर बहादुर बम्जन, दोर्जे राई, कमल राई, यमध्वज जिम्बा, विक्रम थिङ, गणेश सिन्तान, गोपी राई, रिदय राई र सुरेश बर्देवा सदस्य रहेको ९ सदस्यीय उपसमितिलाई समेत अनुमोदन गरेको छ।

नवनिर्वाचित कार्यसमितिले क्लबका उद्देश्यहरूलाई आत्मसात गर्दै गाउँपालिकाभित्र रचनात्मक, खेलकुद तथा सामाजिक विकासका कार्यहरूलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Comments

8 Comments

Elliott2368 1 month ago
Laila3030 4 weeks ago
Greyson1417 3 weeks ago
pornip 2 weeks ago

The content is really great

Abram3261 2 weeks ago
Beşiktaş Tesisat Su Kaçağı Tespiti 2 weeks ago

Beşiktaş Tesisat Su Kaçağı Tespiti Kırmadan kaçak bulma sistemi çok etkili. http://www.manoir-music.com/?p=593

Marco2012 2 weeks ago
Michelle3486 1 week ago

Your email address will not be published. Required fields are marked *

Related Posts