Skip to content

बागमतीमा ५० मिटर लामो बेलिब्रिज जडानको तयारी, १५ असारसम्म सवारी सञ्चालनको लक्ष्य

बागमतीमा ५० मिटर लामो बेलिब्रिज जडानको तयारी, १५ असारसम्म सवारी सञ्चालनको लक्ष्य
प्रकाशित:
शब्दको आकार

कान्तिराजपथ सडक खण्ड अन्तर्गत ललितपुर र मकवानपुर जोड्ने सिमखोलामा ५० मिटर लामो बेलिब्रिज जडानको तयारी तीव्र गतिमा भइरहेको छ। माण्डुखोलाबाट झिकिएको बेलिब्रिज सिमखोलामा राखेर सवारी आवागमन सुरु गरिने लक्ष्य लिइएको छ।

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन मास्केले १५ असारभित्र पुल सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो।

उक्त कार्यको ठेक्का गौरव इन्जिनियरियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा लिएको छ। परियोजनाको निगरानी गरिरहेको भौतिक पूर्वाधार विकास निर्देशनालयका प्रमुख सिंहले कार्य तिव्र रूपमा अगाडि बढिरहेको बताएका छन्।

फोटो:नयाँ पत्रीका अनलाईन( पोष्टराज अधिकारी )

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts