मेरो पत्र Logo

हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरीको मृत्यु

Mero Patra
मेरो पत्र
ad
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरीको मृत्यु
adad

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ११ मा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।
ना ४३ प २२२ मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल –६ घर भइ प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते भएका हुन् भने विनोदलाई हेटौंडा अस्पतालमा मृत घोषणा गरिएको थियो । घाइते लक्ष्मण लामालाई हेटौंडा अस्पतालमा उपचारपछि चितवन रिफर गरिएको छ । घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सेयर गर्नुहोस्: