Skip to content

मकवानपुरको झुरझुरेमा कहालिलाग्दो युद्द भएको १८ बर्ष पुग्यो

मकवानपुरको झुरझुरेमा कहालिलाग्दो युद्द भएको १८ बर्ष पुग्यो
प्रकाशित:
शब्दको आकार

८ माघ २०८०, सोमबार

बागमती - जनमुक्ति सेना नेपाल मकवानपुरको तेस्रो भेला सम्पन्न भएको छ। मकवानपुरको झुरझुरेमा रहेको सहिद स्मारकमा आज जनमुक्ति सेनाको भेट्घाट एवम् ऐतिहासिक स्थलको अवलोकन कार्यक्रम सम्पन्न भएको हो ।

पुर्ब जनमुक्ति सेना नेपाल मकवानपुरद्वारा आयोजित उक्त कार्यक्रममा पुर्ब बटालियन कमाण्डर प्रकाश घर्ती मगरको सभाअध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय महासचिव देव गुरुङको आतिथ्यता रहेको थियो।

त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननिय कुमारी मोक्तान , केन्द्रिय सदस्य प्रलाद लामिछाने , केन्द्रिय सदस्य तथा मकवानपुर गढी गाउँपालिका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन , नेकपा माओवादी बागमती प्रदेश उपाध्यक्ष तथा बाग्मती सांसद माननीय प्रेम बहादुर पुलामी , नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान जिल्ला स्तरका नेताहरू र जनमुक्ति सेना मकवानपुरका अन्य पुर्ब कमाण्डरहरु, कमिसार कमान्डरहरु आदिको आथित्यता रहेको थियो। कार्यक्रमको प्रमुख अथिती गुरुङ्ले कार्यक्रमलाई सम्बोधन गर्दै आगामी दिनमा झुरझुरेको युद्ध मैदानलाई ऐतिहासिक संग्रहालयको रूपमा बिकास गर्न केन्द्रबाट सक्दो पहल गर्ने बताउनुभयो।जनयुद्धको क्रममा ज्यान गुमाएका सहिद परिवारको लागि शोक व्यक्त गर्दै मुलुकको समृद्धिको लागि कम्युनिस्ट धारका पार्टी र अन्य दलहरुबीच आपसी सहकार्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

दस बर्से जनयुद्धमा होमिने क्रममा बागमती गाउँपालिका झुरझुरे मोर्चामा सहादत प्राप्त गरेका महान सहिदको सम्झनाका साथै युद्ध भूमिमा भएका घट्नाको स्मरणको लागि उक्त कार्यक्रम आयोजना गरिएको जनमुक्ति सेना नेपाल मकवानपुरले जनाएको छ। कार्यक्रममा मकवानपुर जिल्लाका लगायत अन्य जिल्ला बाट गरि झन्डै ४ सय जना भन्दा बढी पुर्ब जनमुक्ति सेनाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र बाग्मतीका अध्यक्ष अरुण बलले गर्नु भएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts