back to top

छैठौं बागमती गोल्डकप फाल्गुन १ गतेदेखी सुरु,पहिलो हुनेलाई १० लाख

मकवानपुर ,बागमती गाउँपालिकामा छैठौं संस्करणको बागमती गोल्डकप आगामी फाल्गुन १ गतेदेखी सुरु हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितीले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलिको सहभागी रहने पालिकाका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी गराउनुभयो । यस संस्करणको प्रतियोगितामा ६९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । गत संस्करण ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोलि एफसी भुटनिज स्पोर्ट क्लबले जितेको थियो । यो संस्करणमा भुटनिज भने सहभागी नहुने जनाएको छ । फाल्गुन १० गते सप्पन्न हुने प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

DSC03747

पत्रकार सम्मेलनमा बोल्नुहुँदै पालिकाका अध्यक्ष सर्केश घलान स्थानीय तहले खेलाडी उत्पादन गर्न लगानी गरेको बताउनुभयो । पालिकाले बाहिर भएको प्रतीभालाई पनि प्रदर्शन गर्न राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको बताउनुभयो । पालिकाले अहिले खेलाडी उत्पादनका लागि सबै वडामा खेल मैदान निर्माण गरेको समेत बताउनुभयो । पालिकामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने चरणमा रहेको बताउनुहुँदै उहाँले युवाहरुले खेलेरै जिविकोपार्जन गर्न सकिने वातावरण बन्ने बताउनुभयो। यसका लागि सरकार मात्रै लागेर सम्भव नहुने बताउनुहुँदै उहाँले सबै अभिभावक र खेलाडीको पनि भुमिका रहने बताउनुभयो ।
पालिकाले खेलाडीहरुलाई व्यवस्थित रुपमा प्रशिक्षणको वातावरण तयार गर्ने गरि तयारी गरिरहेको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरु बल, वडा नम्बर ३ का अध्यक्ष कमानसिं पाखृन, ४ का वडाध्यक्ष दन्तलाल माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र पालिका खेलकुद विकास समितीका उपाध्यक्ष मुक्ति लामा लगायतको आतिथ्यता पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

Image
spot_img

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचारहरू
- Advertisment -spot_img

ताजा खबर

spot_img
spot_img
spot_img