Mero Logo

शोएब मलिकले साना जावेदसँग विवाह गरे के सानिया मिर्जा संग डिभोर्स भाकै हो

सानिया मिर्जा र शोएब मलिकको विवाहको बारेमा धेरै कुराहरु बाहिर आईरहेका छन् । भारतीय टेनिस खेलाडीले पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग विवाह गर्ने निर्णय गरेपछि उनीहरुको विवाहको चर्चा त्यतिबेला धेरै भएको थियो । तर, उनीहरुको वैवाहिक सम्बन्ध राम्रै चलिरहेको थियो । तिनीहरूले २०१० मा विवाह गरे र लगभग एक दशक भन्दा बढी उनीहरु संगै छन्। उनीहरुको एक छोरा इझान मिर्जा मलिक पनि छन् । उनीहरुले गत वर्ष उनको पाँचौं जन्मदिन दुबईमा मनाएका थिए । तर, केही दिनदेखि सानियाले शोएबसँगका तस्बिरहरू डिलिट गरिदिएपछि उनीहरु दुवै अलग भएको बताइएको थियो । उनले क्रिप्टिक पोष्टहरू पनि साझा गरिरहेकी छिन् र अब हामीलाई सत्य थाहा छ। शोएब मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँगको तेस्रो विवाहको तस्विर पोस्ट गर्दा सबैलाई चकित बनाएको छ ।

प्रतिक्रिया

ताजा अपडेट