Skip to content

राईगाउँमा कराते खेल सामाग्री हस्तान्तरण

राईगाउँमा कराते खेल सामाग्री हस्तान्तरण
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिका -२ राईगाउँमा खेलकुद सामाग्री बितरण भएको छ।
राईगाउँको सितोरियो कराते डो लाई ग्लोबल नेपाल कराते अर्गनाइजेसनले करातेको खेल सामाग्री हस्तान्तरण गरेको हो।
सितोरियो कराते खेलमा प्रयोग हुने सामाग्रीहरु किक ब्याग , किक प्याड, ग्लब, चेष्ट प्याड,सिङ्ग गार्ड लगायतका सामाग्री दिइएको छ।२०७९ सालमा स्थापना भएको अर्गनाइजेसनले विभिन्न जिल्लाका ग्रामिण भेगमा खेल सामाग्री बितरण गर्दै आइरहेको छ ।

खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा सितोरियो कराते डो राईगाउँका प्रमुख प्रशिक्षक जनकराम राई,समाजेवी तथा बुद्धिजिबी कमल राई, हर्क बहादुर राई, लक्ष्मण राई, मनोज कुमार राई,दिल माया राई, मेघजित जङ्ग राई, शशी राई लगायतको उपस्थित रहेको थियो ।हाल ३५ जना कराते प्रशिक्षार्थीहरु रहेका छ्न ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts