Mero Logo

नेपाल आइडल सिजन ५ को अडिसन हेटौडामा माघ २ गते हुने

एपीवान टेलीभिजन मार्फत प्रसारण हुदै आएको नेपाल आइडलको पाँचौ सिजनको अडिसन हेटौंडामा हुने भएको छ।

माघ २ गते हेटौंडा ९ स्थित कृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलमा हुने अडिसन हुने भएको हो । २१ पुसदेखि सुरु भएको अडिसन झापा र बर्दिबासमा भैसकेको छ।


आइडलमा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । हेटौडामा संगीतमा भबिष्य देख्ने तथा साधना गरि अगाडी बढिरहेकाहरु अडिसन हुने भएपछि धेरै नै उत्साहित छन नेपाल आइडलबाटै हेटौडाकै चेली बिद्या मन्जु तिवारी गीत संगीत क्षेत्रमा चर्चा कमाइसकेकि छिन,

उसो त उपाधि जित्ने भन्दा पनि टप १० भित्र पर्ने प्रतियोगीहरु अहिले सांगीतिक क्षेत्रमा चर्चा कमाईरहेका छन्।
अघिल्लो सस्करणमा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर आइडल बिजेता भैसकेका छन।

प्रतिक्रिया