मेरो पत्र Logo

पदमपोखरीमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Mero Patra
मेरो पत्र
ad
पदमपोखरीमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
adad

२९ पुस, हेटौंडा

हेटौंडाको पदमपोखरीमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका तथा पदमपोखरी अस्पतालको आयोजनामा मनोसामाजिक समस्या सम्बन्धी समुदाय स्तरमा सरोकारवालाहरुलाई आज १ दिन अभिमुखीकरण गरिएको पदमपोखरी अस्पतालका सिनियर अहेव तथा कार्यक्रम व्यवस्थापक शेर बहादुर ब्लोनले जानकारी दिनुभयो ।

युग चेतना आधारभूत विद्यालय वनस्पतिमा भएको कार्यक्रममा पदमपोखरी अस्पतालका डा. निशान अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा ५० जना भन्दा बढी सरोकारवाला तथा स्थानीयको सहभागिता रहेको कार्यक्रमको सहजीकरण गरेको संस्था ” कोशिस ” की सामुदायिक अभियानकर्ता प्रेणम वाइबाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धावा लामा लागायतको आतिथ्यता रहेको थियो ।

सेयर गर्नुहोस्: