Skip to content

आठौँ संस्करणको बागमती गोल्डकपमा बागमती युथको बिजयी सुरुवात

आठौँ संस्करणको बागमती गोल्डकपमा बागमती युथको बिजयी सुरुवात
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ। बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

बागमती युथको जितमा सुजन गुरुङले ३१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने राजु लोले ६८औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि अनिष महर्जनले ७१औँ मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलको ‘प्लेयर अफ द म्याच’ सुजन गुरुङ घोषित भए र उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। अब बागमती युथले सेमिफाइनल प्रवेशका लागि सातौँ संस्करणका विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइजले समूह ‘ए’ बाट बाई पाएको छ।

प्रतियोगिता अन्तर्गत बैशाख १८ गते त्रिभुवन आर्मी क्लब, काठमाडौं र बाराको नव जनजागृति क्लबबीच खेल हुनेछ। त्यस्तै, बैशाख १९ गते एपीएफ क्लब र चित्लाङ एफसी, काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। बैशाख २१ गते फ्रेन्ड्स क्लब, ललितपुर र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ भने बैशाख २२ गते मछिन्द्र क्लबले एपीएफ र चित्लाङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेलहरू बैशाख २३ र २४ गते हुनेछन् भने फाइनल खेल बैशाख २६ गतेका लागि तय गरिएको छ।

आयोजकसहित कुल १० टोली सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी तथा एन्फा केन्द्रीय सदस्य टीकाराम लामा लगायतको उपस्थिति रहेको थियो।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

59 Comments

Tanya1644 6 months ago
Kiera3533 6 months ago
Jace2902 6 months ago
Juliana1587 6 months ago
Nigel2791 6 months ago
Caiden168 6 months ago
Eden1169 6 months ago
Jose4867 6 months ago
Connie1069 6 months ago
Blanca28 6 months ago
Jenna4991 6 months ago
Justin4053 6 months ago
Josie4785 6 months ago
Renee4688 6 months ago
Daniella4779 6 months ago
Hermione1791 6 months ago
Meagan334 6 months ago
Asia4207 6 months ago
Gloria2510 6 months ago
Londyn4789 6 months ago
Bernice4455 6 months ago
Athena3160 6 months ago
Emory3436 6 months ago
Luis3644 6 months ago
Kenneth2841 6 months ago
Jaime1041 6 months ago
Cheyenne1243 6 months ago
Peter1269 6 months ago
Isabella456 6 months ago
Gabriela2763 6 months ago
Charlotte4062 6 months ago
Geoffrey3497 6 months ago
Emma1849 6 months ago
Heidi1161 6 months ago
Abby2659 6 months ago
Genesis348 6 months ago
Stephanie4099 6 months ago
Veronica4019 6 months ago
Hayden1836 6 months ago
Eduardo477 6 months ago
Lynn159 6 months ago
Kendra2228 6 months ago
Delaney1162 6 months ago
Timothy3722 6 months ago
Alaina2041 6 months ago
Patricia4691 6 months ago
Easton978 5 months ago
Hugh942 5 months ago
Liam1024 5 months ago
Conrad57 5 months ago
Sierra1727 5 months ago
Eduardo3608 5 months ago
Melody637 5 months ago

Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/tunN9

Angela545 5 months ago

Популярные песни 2026 скачать бесплатно https://shorturl.fm/dfuzp

Phyllis1919 5 months ago
Lila2360 4 months ago
Lyla4318 4 months ago
Julius2395 4 months ago
Frederick49 4 months ago

Related Posts