हरिहरपुरगढी गाउँपालिका–२ चैनपुर रंगशालामा आज देखि छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद विकास समिति हरिहरपुरगढी गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि वज्रध्वज वाईबाले गर्नुभएको हो ।

युवा तथा खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राई ‘हिमाल’ को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वज्रध्वज वाईबाले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको बताउनुभयो । उहाँले खेल मैदानको स्तरोन्नतिका लागि बजेट विनियोजन गरी सौन्दर्यकरण गरिएको उल्लेख गर्दै यसले खेलाडीमा उत्साह थपिएको बताउनुभयो । आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्था गरी खेलमैदानलाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष वाईबाले खेललाई केवल मनोरञ्जनका रूपमा मात्र नभई गाउँपालिकाको पहिचान र प्रतिष्ठा उँचो बनाउने माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले खेलाडीहरूले मैदानमा अनुशासन कायम गर्दै रेफ्रीको निर्णयलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई सभ्य, मर्यादित र व्यवस्थित बनाउन आयोजकसहित सबै पक्षले समन्वय, सहकार्य र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष कमल कुमार राई, वडा नं. २ का अध्यक्ष विश्व राई, वडा नं. ३ का अध्यक्ष कुलबहादुर भोलन, वडा नं. ५ का अध्यक्ष साईला लामा, वडा नं. ६ का अध्यक्ष एक बहादुर मोक्तान, वडा नं. ७ का अध्यक्ष बिच बहादुर मोक्तान तथा वडा नं. ८ का अध्यक्ष धन बहादुर मोक्तानलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनीले गर्नुभएको थियो ।





Comments
51 Comments
https://shorturl.fm/nkZGa
https://shorturl.fm/8DjKy
https://shorturl.fm/MHhiE
https://shorturl.fm/ErobI
https://shorturl.fm/4GPoq
https://shorturl.fm/BCUsm
https://shorturl.fm/tupNv
https://shorturl.fm/jhQz2
https://shorturl.fm/ZxHhC
https://shorturl.fm/KnHbZ
wish you all the best
https://shorturl.fm/xMMBb
https://shorturl.fm/ozZDe
https://shorturl.fm/QZdh5
https://shorturl.fm/5esAE
https://shorturl.fm/62J8N
https://shorturl.fm/l0LLa
https://shorturl.fm/LtDvT
https://shorturl.fm/zNFhd
https://shorturl.fm/EkbtB
https://shorturl.fm/Zoo2o
https://shorturl.fm/aP7Zr
https://shorturl.fm/ePMFr
https://shorturl.fm/JTEQV
https://shorturl.fm/HKlIa
https://shorturl.fm/Z0CPf
https://shorturl.fm/lyJzN
https://shorturl.fm/KDvrk
https://shorturl.fm/aKOFx
https://shorturl.fm/MqTjq
https://shorturl.fm/kFNcc
https://shorturl.fm/Xbgw8
https://shorturl.fm/xkIcz
https://shorturl.fm/ApjOd
https://shorturl.fm/b8duU
https://shorturl.fm/V2wpD
https://pesnimp3.net
https://pesnimp3.net/2.html
https://shorturl.fm/gm8kR
https://shorturl.fm/FTDCP
https://shorturl.fm/8WQ5F
Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/tunN9
Последние новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/l9SWZ
https://shorturl.fm/9wLaa
https://shorturl.fm/Hxxws
https://shorturl.fm/1rJGt
https://shorturl.fm/DPoFm
https://shorturl.fm/mPvp5
https://shorturl.fm/7FeGS
https://shorturl.fm/dSkKb
https://shorturl.fm/DY0VL