सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी आइतबार माघ २७ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको लागि सम्पुर्ण तयारी पूरा भएको पालिका खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई(हिमाल)ले जानकारी दिनुभयो ।
वडा नम्बर २ स्थित चैनपुर मैदानमा हुने प्रतियोगितामा महिला र पुरुष टिम सहभागी हुने भएको छ ।
प्रतियोगितामा गाउँपालिकाभित्रका ८ वटा वडाको महिला र पुरुष दुवैतर्फको टिम सहभागी हुने भएको छ । पुरुषतर्फको विजेता टिमले ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।खेलको प्रत्यक्ष प्रशारण मेरोपत्र डट्कमको अफिसियल फेसबुक मार्फत हुनेछ ।



