Skip to content

आजबाट आठौं बागमती गोल्डकप सुरु

आजबाट आठौं बागमती गोल्डकप सुरु
प्रकाशित:
शब्दको आकार

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा आज बैशाख १७ गतेदेखि आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्दै छन् । खेल बिहीवार दिउँसो ३:३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।

प्रतियोगिता अन्तर्गत भोलि बैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ।

यस्तै २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ।

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

16 Comments

Quinn2173 6 months ago
Asia2374 6 months ago
Emory4774 6 months ago
Elijah392 6 months ago
Alma1420 5 months ago
Katie2195 5 months ago
Danielle680 5 months ago
Jocelyn672 5 months ago
Nevaeh1198 5 months ago
Quinn3672 5 months ago
Mara4313 5 months ago
Bella807 5 months ago

Популярные песни 2026 скачать бесплатно https://shorturl.fm/dfuzp

Armando2987 4 months ago

Популярные песни 2026 скачать бесплатно https://shorturl.fm/DXlpZ

Rochelle2869 4 months ago
Edgar496 4 months ago
Javier4195 4 months ago

Related Posts