बागमती–८ मा काली वेदाघारी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
मकवानपुर । बागमती गाउँपालिका–८ मा काली वेदाघारी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन संरक्षण, व्यवस्थापन तथा आगामी कार्ययोजनामाथि समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं.–८ का वडा अध्यक्ष केशव तिमल्सिना रहेका थिए। विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय फापरबारीका वन अधिकृत रामचन्द्र श्रेष्ठ सहभागी भएका थिए। अतिथिहरूमा पूर्व वन समितिका अध्यक्ष, छिमेकी वन उपभोक्ता समूहका अध्यक्ष, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।
सभामा समूहका अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए।

छलफलपछि आम्दानी–खर्च विवरण अनुमोदन गरिएको जनाइएको छ। कार्यक्रममा वन संरक्षण, दिगो व्यवस्थापन, वृक्षरोपण, आगलागी नियन्त्रण तथा समुदायको आयआर्जन वृद्धि सम्बन्धी विषयमा जोड दिइएको थियो।
करिब १५० भन्दा बढी उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमको सभाध्यक्षता वेदाघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिलक थिङले गरेका थिए।
सभाले आगामी वर्षका लागि वन संरक्षणलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै सबै उपभोक्तालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।





Comments
12 Comments
Boost your income effortlessly—join our affiliate network now!
Join our affiliate community and maximize your profits!
Join our affiliate community and maximize your profits!
Profesyonel hacklink hizmeti ile sitenizi güçlendirin. Doğal görünümlü backlinkler, yüksek DA siteler ve uygun fiyat seçenekleri. 8416
Organik büyüme için hacklink şart! Sitenizdeki SEO açıklarını kapatın, doğru backlinklerle sıralama ivmesi yakalayın. 7086
Organik büyüme için hacklink şart! Sitenizdeki SEO açıklarını kapatın, doğru backlinklerle sıralama ivmesi yakalayın. 7272
Start sharing, start earning—become our affiliate today!
Your audience, your profits—become an affiliate today!
Start earning on every sale—become our affiliate partner today!
Share your unique link and cash in—join now!
wish you all the best
色即是空,空即是色