Skip to content

हरिहरपुरगढी गाउँपालिकाले आफ्ना सरसफाईकर्मी महिलालाई सम्मान गर्यो

हरिहरपुरगढी गाउँपालिकाले आफ्ना सरसफाईकर्मी महिलालाई सम्मान गर्यो
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,झनझने :सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाकाले आफ्ना कार्यालयमा सरसफाई गर्ने दुई महिला कर्मचारीलाई सम्मान गरेको छ। एक कार्यक्रमको विच गाउँपालिका कार्यलयमा कार्यरत सरसफाईकर्मी यमुना राई र शुभ माया राईले दैनिक रुपमा इमान्दारीका साथ कार्य गरेकाले कामको उच्च मुल्याङ्कन गर्दै आगामि दिनमा अझ काम गरिरहन हौसल्ला तथा उत्प्रेरणा प्राप्त होस भन्ने उदेश्यले पालिका बज्रध्वज वाईवाले दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गर्नु भएको हो ।


त्यस्तै गत भाद्र ४ गते पित्तथैली पत्थरीको सफल शल्यक्रिया पश्चात पालिकाको नियमित कार्यमा निरन्तरता दिनुभएका अध्यक्ष वाईबाले अपरेसनको क्रममा आफ्ना अनुभव साट्दै उपचारको क्रममा सहयोग तथा शुभकामना,आर्शिवाद दिनुहने सम्पुर्ण शुभचिन्तक हरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । बिशेष गरि पुर्व बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, मनमोहन मेमोरियल हस्पिटलका डाईरेक्टर डा. डिवि शर्मा अपरेसनमा संलग्न डा.सगुना श्रेष्ठ, डा.भोजा श्रेष्ठ, डा.सुन्दर श्रेष्ठ लगायत समस्त अस्पताल परिवार, सिन्धुली जिल्ला क्षेत्र नं.२ का सघिंय सांसद माननीय लेखनाथ दाहाल,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र कुमार पैकरा लगायत समस्त गाउँपालिका परिवारलाई धन्यवाद प्रदान गर्नुभयो।सम्मान तथा कर्मचारी भेटघाट कार्यक्रममा अध्यक्ष बज्रध्वज वाईबा,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,गाउँपालिका प्रवक्ता तथा वडा नं.४ का वडा अध्यक्ष कमल कुमार राई,वडा नं.५ का वडा अध्यक्ष साईला लामा तथा शाखागत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts