सिन्धुलीको हरिहरपुरगढी जनप्रभात आधारभुत बिध्यालय झनझनेमा विद्यार्थीको सिकाइ अभिवृद्धि गर्ने उद्देश्यसहित ७७औँ प्रजातन्त्र दिवसको अवसरमा आज फागुन ७ गते हरिहरपुरगढी स्थानिय शिक्षक समाजको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। पालिका भरिका मा.वि. तहका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा मा.वि. महेन्द्रझ्याडी प्रथम, मा.वि. पान्तलेका दोस्रो र मा.वि. तिनकुना तेस्रो भएका छन्। यसैगरी मा.वि. घण्टे र मा.वि. बखफरले सान्त्वना स्थान हासिल गरेका छन्। विजेताहरूले क्रमशः रु १० हजार, ७ हजार, ४ हजार तथा १५/१५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

नगद पुरस्कार ऊँ फेन्सी एन्ड ब्याग सेन्टर चन्द्रपुर, पञ्चकन्या साना किसान कृषि सहकारी संस्था हरिहरपुरगढी–४, बाँसघारी साना किसान कृषि सहकारी संस्था हरिहरपुरगढी–४ र सोल्खाङ अर्गानिक कृषि घर हाकपाराले प्रायोजन गरेका थिए।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा प्रमुख अतिथि तथा शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी विशिष्ट अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक समाजका सदस्य धनराज बि.क.ले गरेका थिए भने संस्थाका अध्यक्ष निरबहादुर मोक्तानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।





Comments
4 Comments
Unlock exclusive rewards with every referral—enroll now!
Your network, your earnings—apply to our affiliate program now!
https://shorturl.fm/QYjQM
https://shorturl.fm/0nLlZ