Skip to content

सिन्धुलीमा आगलागी हुदा एक महिलाको मृत्यु एक घाइते

सिन्धुलीमा आगलागी हुदा एक महिलाको मृत्यु एक घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारमा मट्टितेल/पेट्रोलबाट आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
अपराह्न करिब ४ः३० बजे ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको बीचतल्लामा रहेको भान्सा कोठामा आगलागी भएको हो। आगलागीमा परी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुसिला बम्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घरधनी दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

1 Comment

Kumar Syangtan 9 months ago

K

Related Posts