Skip to content

सूर्य माविको ५१औँ जन्मजयन्तीमा रक्तदान कार्यक्रम, २८ जनाद्वारा रक्तदान

सूर्य माविको ५१औँ जन्मजयन्तीमा रक्तदान कार्यक्रम, २८ जनाद्वारा रक्तदान
प्रकाशित:
शब्दको आकार

मकवानपुर । मकवानपुरको बागमति -१ माझगाउँ स्थित सूर्य माध्यमिक विद्यालयको ५१औँ जन्मजयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सदस्य पिताम्वर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीका शंकर कुमार पराजुली, ब्लड बैंक प्रमुख टंक दाहाल लगायत प्राविधिक टोलीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित समिति सदस्यहरू तथा शिक्षक–अभिभावक संघ अध्यक्षलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानाध्यापक राज कुमार राईले विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।


साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts