Skip to content

हरिहरपुरगढीको सानो बखफरमा बोलेरो दुर्घटना एकको मृत्यु

हरिहरपुरगढीको सानो बखफरमा बोलेरो दुर्घटना एकको मृत्यु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ सानो बखफरमा बोलेरो दुर्घटना हुदा एकको मृत्यु र २ जना घाइते भएका छ्न ।

हिजो राती श्रीपुरदेखी जखौलीतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुदा जादै गरेको मार्वल लोड गरेको ना ३ च ५९७६ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

चालक सर्लाही बाग्मती न.पा. वडा नं. ११ बस्ने बर्ष अन्दाजी ३९ को जगमोहन राउतलाई नियन्त्रणमा लिइएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालक सामान्य घाइतेको तथा गम्भीर घाईते हरिहरपुरगढी -२ का सानो बखफर अन्दाजी २० बर्षिय कैलाश राई गम्भीर घाईते भैइ उपचारको लागी स्थानिय पोलिक्लनिक झनझनेमा लगिएको त्यहा उपचार हुन नसके पछि हेटौडा स्थित चुरेहिल अस्पताल लगिएकोमा राती ९ बजेर ४० मिनेटमा डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।गाडिमा जम्मा ७ जना सवार थिए । अन्य सामान्य घाइते भएको र उपचार हरिहरपुरगढी - २ झनझने स्थित हरिहरपुरगढि पोलिक्लिकमा सामान्य उपचार पछि घर फर्किएको प्रहरिले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts