Skip to content

हरिहरपुरगढी वडा नम्बर ५ की वडा सदस्य सन्चमायाको निधन,बैशाख १० गते शोक विदा

हरिहरपुरगढी वडा नम्बर ५ की वडा सदस्य सन्चमायाको निधन,बैशाख १० गते शोक विदा
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नं.५ की वडा सदस्य सन्च माया स्याङ्वाको निधन भएको छ ।केही समय देखि अस्वस्थ रहनु भएको वहाको आज ३७ वर्षको उमेरमा दुखद निधन भएको परिवारजनले बताउनुभयो ।

वडा सदस्यको निधनको खबरले गाउँपालिका परिवार स्तब्ध भएको दुखको घडीमा मृतक स्व. सन्च माया स्याङ्वाको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समस्त शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दै गाउँपालिकाले शोक बक्तव्य जारी गरेको छ साथै बैशाख १० गते बुधबार हरिहरपुरगढी गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु ,वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा सामुदायिक विद्यालयहरु लगायत अन्य सार्वजनिक संघ सस्थांहरुमा शोक विदा दिइएको पालिकाले सूचना जारी गरेको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts