Skip to content

सिन्धुली जिल्ला स्तरीय छात्रा U-14 फुटबलको उद्घाटन सम्पन्न

सिन्धुली जिल्ला स्तरीय छात्रा U-14 फुटबलको उद्घाटन सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुली । हरिहरपुरगढीको जनता माध्यमिक विद्यालय बखफरको आयोजनामा आज मंसिर १२ गतेदेखि सुरु भएको सिन्धुली जिल्ला स्तरीय छात्रा U-14 फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ।

आज सम्पन्न पहिलो चरणको खेलमा श्री जनप्रभात आधारभूत विद्यालय, चैनपुरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली फाइनलमा प्रवेश गरेको छ। उत्कृष्ट प्रदर्शनसहित निरन्तर आक्रमणकारी खेल प्रस्तुत गरेको आयोजक टिमले खेलमा स्पष्ट जीत दर्ज गरेको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले विद्यार्थीहरूको अनुशासन, उत्साह र खेलकुदप्रति देखिएको सहभागिताको प्रशंसा गर्नुभयो। कार्यक्रममा वडा नं.–२ का वडा अध्यक्ष विश्व राईको आतिथ्यता तथा विव्यस अध्यक्ष ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका प्र.अ., जनप्रतिनिधि, विद्यार्थी तथा खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै, सहभागी विद्यार्थीहरूले मनमोहक गायन, नृत्य र मार्चपास प्रस्तुत गरेका थिए।

प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहँदै छ भने फाइनल खेल भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts