सिन्धुली — जनता माध्यमिक विद्यालय बखफरको आयोजनामा मङ्सिर १२ र १३ गते सम्पन्न सिन्धुली जिल्ला स्तरीय U-14 छात्रा फुटबल (लिग) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
समापन समारोहमा हरिहरपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष विश्व राईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न भयो।
प्रतियोगितामा सबै खेल जित्दै जनता माध्यमिक विद्यालय बखफर प्रथम र कुशेश्वर माध्यमिक विद्यालय, नक्कली मरिण द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।
विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई प्रमुख अतिथिद्वारा प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।




