Skip to content

हरिहरपुरगढीमा असोज ५ गते राईहरुको पर्व “आउताबाबु ”को दिन सार्वजनिक बिदा

हरिहरपुरगढीमा असोज ५ गते राईहरुको पर्व “आउताबाबु ”को दिन सार्वजनिक बिदा
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले राई समुदायको प्रमुख पर्व आउताबाबु औंसीको अवसरमा असोज ५ गते आइतबार स्थानीय विदा दिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले जारी गरेको सूचनामा वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सबै स्थानीय सार्वजनिक संघ–संस्थामा विदा हुने उल्लेख गरिएको छ।

यस पर्वलाई विशेष अर्थका साथ मनाइने गरिन्छ। अघिल्लो दिन खोलामा बास बस्दै माछा मार्न जाने चलन छ, जसलाई बस्वारी भनिन्छ। आउता बाबुको दिन पितृहरूको सम्झनामा विशेष पूजा गरिन्छ। हरियो सालको दुना प्रयोग गरी पुर्खाहरूलाई फर्सीमा माछा मिसाई पकाई चढाइन्छ। त्यससँगै केरा, चिउरा लगायतका सामग्री पनि चढाइन्छ। चिउरा भने घरमै ओखल वा ढिकीमा कुटेको हुनुपर्छ भन्ने परम्परा छ। चढाइएको सामग्री घरका बालबालिकालाई बाँडिन्छ र तीनचुला पुजा पनि गरिन्छ।

यस अवसरमा अध्यक्ष वाइबाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई समुदायलाई पर्वको शुभकामना व्यक्त गरेका छन्। हरिहरपुरगढी गाउँपालिकामा आदिवासी जनजाति राई समुदायको उल्लेख्य उपस्थिति रहेकोले यस पर्वलाई विशेष महत्वका साथ मनाइने परम्परा रहँदै आएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts