Skip to content

हरिहरपुरगढीको क्यानखोलामा पुष १२ र १३ गते स्वास्थ्य शिबिर हुदै

हरिहरपुरगढीको क्यानखोलामा पुष १२ र १३ गते स्वास्थ्य शिबिर हुदै
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा यहि पौष १२ र १३ गते निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ। गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टर सहितको बृहत स्वास्थ्य शिविर वडा नम्बर ७ स्थित क्यानेश्वर स्वास्थ्य चौकीमा हुने भएको हो।
शिबिरमा जनरल मेडिसिन सेवा,क्षयरोग संकास्पद व्यक्तिहरुको खकार जाँच ( AFB GeneXpet/X-ray),स्त्री तवा प्रसुति रोग विशेषज्ञ सेवा, प्रयोगशाला सेवा,बालरोग विशेषज्ञ सेवा,USG सेवा, दन्तरोग विशेषज्ञ सेवा,स्वास्थ्य जिवन परामर्श सेवा,आँखा नाक कान घाटी सम्बन्धी सेवा,निः शुल्क औषधी वितरण सेवा,नसर्ने रोगको स्क्रिनिङ सेवा,पाठेघरको मुखको क्यान्सर को जाँच,आयुर्वेद सेवाहरु OPD सेवा, फिजियो थेरापी, अकुपंचर, जेष्ठ नागरिक सेवा, स्तनपायी आमाहरुलाई औषधी वितरण पुर्व कर्म (एकांङ्ग स्वेत) लगायतका सेवा प्रदान गरिने तथा शिबिर बिहान १० बजे देखि बेलुका ४ बजे सम्म संचालन हुने हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराले बताउनुभयो।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts