back to top

पंचकन्या आविको विव्यस अध्यक्षमा दोस्रोपटक आशिष बल सर्वसम्मत चयन

बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर, ४, पाँचपाण्डवस्थित पन्चकन्या आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आशिष बल सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सम्पन्न अभिभावक भेलाबाट चयन भएका ४ सदस्यीय समितिबाट बल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

बुधबार भएको अभिभावक भेलामा प्रत्यक्षतर्फ आशिष लामा बल, लालबिर थिङ, एलिना माझी र जितुमाया थिङ सर्वसम्मत चयन हुनुभएको थियो । चयन भएका चार जना सदस्य, वडा अध्यक्ष तथा वडा शिक्षा संयोजक दन्तलाल माझी ,समिति सचीव सुबर्ण वाईबा र शिक्षक प्रतिनिधि शुशुला माझिको बैठकले एक नौमान स्याङ्तान र सुनिता मोक्तान जिम्बालाई सदस्यमा मनोनीत गर्नुभएको छ ।

बागमती गाउँपालिकाका शिक्षा शाखा संयोजक कमान सिं पाख्रीनले चयन हुनुभएकाहरुलाई खादा लगाएर बधाई दिनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ । आफू पहिलो कार्यकालमा व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछी विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा र स्मार्ट कक्षाकोठा संचालन गर्न सफल भएको नवनिर्वाचित अध्यक्ष बलले बताउनुभयो । विद्यालयमा शिक्षासँगै अन्य पक्षहरू सुधारका लागि अभिभावकहरुले आफुलाई विश्वास र आशाका साथ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको बताउनुहुँदै उहाँले यो कार्यकालमा अझ थप काम गरिने प्रतिबद्धता जनाउनुभयो । कक्षा ८ सम्म पाठनपाठन हुने विद्यालयमा २ सय ३३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा बागमती-४ का निवर्तमान अध्यक्ष रहर सिङ थिङ, वडा सदस्यहरु उर्मिला बिक, हेम बहादुर थिङ, विद्यालय पुर्व व्यवस्थापन समितिक अध्यक्षहरु भक्त बहादुर माझी, यान बहादुर पाख्रीन,भुमिलाल माझी ,जय बहादुर वाईबा, सुक्राम भोलन र सुदिप पाख्रीन, लगाएतको उपस्थिति रहेको थियो।

Image
spot_img

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचारहरू
- Advertisment -spot_img

ताजा खबर

spot_img
spot_img
spot_img