Skip to content

हरिहरपुरगढी गाउँपालिकाद्वारा जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत सिन्धुलीलाई टेवल,कम्प्युटर,प्रिन्टर सहयोग

हरिहरपुरगढी गाउँपालिकाद्वारा जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत सिन्धुलीलाई टेवल,कम्प्युटर,प्रिन्टर सहयोग
प्रकाशित:
शब्दको आकार


सिन्धुली, असोज ३ गते। संविधान दिवसको अवसर पारेर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतलाई सामग्री हस्तान्तरण गरेको छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट जिल्ला प्रशासन कार्यालयमा ठूलो क्षति पुगेको थियो। सोही क्षतिलाई मध्यनजर गर्दै हरिहरपुरगढी गाउँपालिकाले सहयोगस्वरूप सामग्री उपलब्ध गराएको हो।


गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा र प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यले आज एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई कार्यालयमै पुगेर एक थान टेबल, एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो।
त्यसैगरी, जिल्ला अदालत सिन्धुलीलाई पनि सोही प्रकारको सामग्री सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।


अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts