Skip to content

हरिहरपुरगढी गाउँपालिकाद्वारा आज सार्वजनिक बिदा घोषणा

हरिहरपुरगढी गाउँपालिकाद्वारा आज सार्वजनिक बिदा घोषणा
प्रकाशित:
शब्दको आकार

जेन–जि (Gen Z) पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा मृत्यु भएका प्रति श्रद्धाञ्जली प्रकट गर्न हरिहरपुरगढी गाउँपालिकाले आज सोमबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको सूचना अनुसार आन्दोलनका क्रममा सिन्धुली, गोलन्जोर गाउँपालिका–७ का रोशन न्यौपानेसहित कैयौँ युवाको मृत्यु भएकोमा गाउँपालिकाले गहिरो दु:ख प्रकट गरेको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको छ।

यसै क्रममा हरिहरपुरगढी गाउँपालिकाका सबै कार्यालय, विद्यालय र सार्वजनिक निकाय आज दिनभर बन्द हुने जनाइएको छ। साथै आज बिहान ८ :३० बजे गाउँपालिकाको कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ।

गाउँपालिकाले उक्त कार्यक्रममा सर्वसाधारणलाई उपस्थित भएर सहभागिता जनाउन अनुरोध गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts