सिन्धुली हरिहरपुरगढी ,चैत्र ८ :सिन्धुलीको हरिहरपुरगढीमा महिला तथा बालबालिका माथि हुने हिँसा सम्बन्धि कानुनि परामर्श बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नाटन,अल ह्यान्ड्स हर्ट्स ,रिलिफ नेपाल तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो।

कार्यक्रममा महिला तथा बालबालिका माथि हुने हिँसा सम्बन्धि छलफल तथा यसका कानुनि प्राबधानको बिषयमा छलफल भएको थियो। पालिका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विनोद शर्मा ,ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख धर्मराज खत्री ,वडाध्यक्षहरु, कार्यपालिका सदस्य,कर्मचारी लगायत महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।




