सिन्धुली — हिजो सोमबार ‘Gen Z’ पुस्ताले गरेको आन्दोलनका क्रममा भएको दुखद घटनाप्रति मरिण गाउँपालिकाले गहिरो शोक प्रकट गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सो आन्दोलनका क्रममा युवाहरूले गरेको विरोध प्रदर्शनमा मृत्यु तथा घाइते हुने घटनापछि नेपाली समाजको नेतृत्व गर्ने पुस्ता नै लक्षित भएकाले परिस्थितिलाई गम्भीर रूपमा लिइएको गाउँपालिकाले जनाएको छ। यस घटनाप्रति सहानुभूति व्यक्त गर्दै शोकाकुल परिवार र घाइतेप्रति संवेदना प्रकट गरिएको छ।
गाउँपालिकाको सम्पूर्ण कार्यालय तथा मातहतका कार्यालयहरू बन्द रहने र राष्ट्रिय झण्डा आधा झुकाइने जनाएको छ।
गाउँपालिकाले राष्ट्रिय भावना, संवैधानिक मूल्य र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्दै आवश्यक सहयोग र सहजीकरणका लागि निरन्तर प्रतिवद्ध रहेको उल्लेख गरेको छ।





