Skip to content

हेटौडाको कर्रा खोलाले ट्रक बगायो, चालक सकुशल

हेटौडाको कर्रा खोलाले ट्रक बगायो, चालक सकुशल
प्रकाशित:
शब्दको आकार

मकवानपुरको हेटौंडा १७ हटियास्थित कर्रा खोलामा आएको बाढीले आज बिहान खाली १२ चक्के ट्रक बगाएको छ। सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्किंदै गरेको ना ७ ख ७६५ नम्बरको ट्रक बग्दा चालक चितवन रत्ननगर–१३ निवासी ३४ वर्षीय दीपक थिङ पौडिएर सकुशल बाहिर निस्किएका हुन्।

उनको खुट्टामा सामान्य चोट लागेको छ भने उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य मानवीय क्षति नभएको र खोलामा रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

4 Comments

Coraline1065 3 months ago
Ryder3088 3 months ago
Makenzie2884 3 months ago
Peyton3844 2 months ago

Related Posts