Skip to content

जेन – जी को प्रदर्शनमा सरकारले १९ जनाको ज्यान लियो ,सयौ घाइते

जेन – जी को प्रदर्शनमा सरकारले १९ जनाको ज्यान लियो ,सयौ घाइते
प्रकाशित:
शब्दको आकार

काठमाडौं । ‘जेन–जी’ पुस्ताको आन्दोलनले देशभर ठूलो मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार हालसम्म १९ जनाले ज्यान गुमाएका छन् भने ३ सय ४० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार, सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ र सयभन्दा बढी घाइते उपचाररत छन् । ट्रमा सेन्टरमा ५९ जना भर्ना भएका छन्, जसमा ८ जनाले जीवन गुमाएका छन् । यस्तै, एभरेष्ट अस्पतालमा १०२ जना उपचाररत छन् भने त्यहाँ ३ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौँ मेडिकल कलेजमा ३७ घाइते भर्ना भएका छन्, जहाँ २ जनाको निधन भएको छ । त्यसमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना, नर्भिक अस्पतालमा ३ जना, र त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् । त्रिविमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उपत्यकाबाहिर पनि घाइतेको उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजमा १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, विराट मेडिकल कलेजमा ४ जना, र दमक अस्पतालमा ७ जना उपचाररत छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाले ज्यान गुमाएका छन् ।

यसरी विभिन्न अस्पतालबाट प्राप्त विवरण अनुसार, आन्दोलनका कारण उपचाररत घाइतेहरूको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका मन्त्रालयले व्यक्त गरेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts