मकवानपुर, भदौ ८ – मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलाले बगाएका विनोद बम्जनको शव फेला परेको छ।
गत भदौ ६ गते दिउँसो करिब साढे ३ बजे तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जन घर फर्कने क्रममा कार्की खोलामा होमपाइप प्रयोग गरी तर्ने क्रममा आकस्मिक रुपमा खोलाको पानी बढेपछि बगाएका थिए।
निरन्तर खोजतलास गर्ने क्रममा आज दिउँसो करिब १ः४० बजे मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा बम्जनको शव उत्तानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी नायब निरीक्षक विशाल सापकोटाको नेतृत्वमा खटिएको टोलीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको छ।
शवको सनाखत मृतककी बहिनी सम्झना बम्जनले कानको बनावट (बायाँ कान सानो) आधारमा गरेको प्रहरीले जनाएको छ ।



