Skip to content

जनमत पार्टीको समानुपातिक बन्द सूचीमा मो. असदुल्लाह पहिलो नम्बरमा

जनमत पार्टीको समानुपातिक बन्द सूचीमा मो. असदुल्लाह पहिलो नम्बरमा
प्रकाशित:
शब्दको आकार

रौतहट , १९ पुष / यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुस्लिम जनमत संघका केन्द्रीय अध्यक्ष मो. असदुल्लाह जनमत पार्टीको तर्फबाट मुस्लिम कोटामा पहिलो नम्बरमा समानुपातिक बन्द सूचीमा समावेश हुनुभएको छ।रौतहट निवासी उम्मेदवार असदुल्लाहले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए समग्र रौतहट जिल्लाको भौतिक, शैक्षिक तथा मानवीय विकासमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले जिल्लाको विकाससँगै देश र नागरिकको हितमा प्रभावकारी कानुन निर्माणमा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।असदुल्लाहले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनमा सबै मतदातालाई जनमत पार्टीको ‘हर्न’ छापमा मतदान गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्नुभएको छ। उहाँले जनताको विश्वास र समर्थनबाट जनमत पार्टीले देशको विकास र सुशासनका लागि बलियो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।जनमत पार्टीले समावेशी प्रतिनिधित्व र जनताको आवाजलाई संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्यका साथ उम्मेदवार चयन गरेको जनाएको छ ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts